सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका मोहनदेव विष्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

विष्ट गाेकुलेश्वर बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख समेत हुन् । २०७४ सालकाे स्थानीय चुनावमा विष्टले क्याम्पस प्रमुखबाट राजिनामा दिएर शैल्यशिखर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । तर विष्ट पराजित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्