‘बुढो भइसक्यो, मर्ने बेलामा एकचोटी त टिकट पाऊँ भन्छन्’ : माधव नेपाल

File Photo

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन् ।

उठेर दुई कदम पनि हिँडन नसक्नेहरुले पनि टिकट दाबी गरिरहेको उनले बताए । बुधबार पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘सबैलाई टिकट चाहिएको छ । उठेर दुई कदम हिँड्न सक्दैन, बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ भन्छन् ।’

को काबिल छन्, को काबिल छैन भन्ने छुट्टयाउने आधार पनि बनाउन नसकिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्