रवि लामिछानेको घण्टी चुनाव चिह्न बाट चुनाव लड्दै पुकार बम

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१ बाट चुनाव लड्न पुकार बमलाई टिकट दिने निर्णय गरेको छ । विवेकशील दलका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा स्वतन्त्र हैसियत रहने गरी (पार्टी सदस्यता बिनै) आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

सो पार्टीले टिक दिएपछि उनले आफू विवेकशील अभियानमा रहिरहने र त्योप्रति सँधै गौरव गरिरहने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने आफ्नो निर्णय अभियानलाई अझै बृहत बनाउनेतिरको भएको स्पष्ट गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं १ लागि प्रस्तावित उम्मेदवारका रुपमा निःशर्त पार्टीको प्रारम्भिक निर्वाचनमा सरिक हुने जानकारी पनि गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्