दशैँ तिहारको मुखमा नाका सञ्चालन नहुनु भनेको उपभोक्ता र व्यापारी दुबैलाई मारमा पार्नु हो : दिपक सापकोटा

काठमाडाैं – नेपाल व्यापार संघका महासचिव दिपक सापकोटासँग उपहार खबरका सम्पादक रामदत्त मिश्रले गरेको कुराकानी

नेपालीहरुको महान चाँड दशैँ नजिकिएको छ । व्यापार हुने मुख्य समय दशैँ तिहारमा नै उत्तरी नाका अझै सहज सञ्चालन भएको अवस्था छैन । यसको असर त व्यापारिक क्षेत्रमा कस्तो असर पर्ने देखिन्छ ?

धन्यवाद, तपाईले सान्दर्भिक प्रश्न उठाउनु भयो । सुरुमै पश्न नै यति राम्रो आयो । दशैँ हाम्रो मुख्य चाड हो । तिहार पनि त्यो सँगै जोडिएको चाड भएको हुनाले यो अत्यन्तै महत्वपूर्ण छ । यो दशैँ भनेपछि नयाँ लगाउने, नयाँ खाने, मिठो मसिनो खाने भन्ने हुन्छ । तर यहि बेलामा नाका बन्द भयो, विशेष गरी हाम्रो लत्ता कपडा दैनिकरुपमा प्रयोग हुने सामग्री चिनबाट आउने भएकाले नाका बन्द भएकाले बजारमा निक्कै ठुलो असर छ । सामानहरु आइरहेको अवस्था छैन । जे सामान छ बजारमा त्यो महंगिने अवस्था छ । यसको भन्दा पनि बढी असर व्यापारीहरुमा छ । सामानहरु बेलामा नआइदिदा र दशैँलाई लक्षित गरि ल्याएका सामाना नआइदिदा र त्यो सँग जोडिएका व्यापारीका आर्थिक पाटोलाई निक्कै असर गर्छ । व्यापारीहरुको बर्षभरीको दैनिक र सेड्युल नै बिग्रीन्छ र यो गम्भीर प्रश्न हो ।

सामान भनेको समयमा नआउदा त बजारमा महंगी त पक्कै बढ्ला, यसको प्रभाव त उपभोक्ता पर्छ होला नी ?

यो निश्चित नै हो, सामान भनेको जति नहुने वित्तिकै अर्थशास्त्रको नियम नै छ माग अनुसारको आपूर्ति हुन नसक्दा मूल्य बृद्धि हुन्छ । परिपूर्ति नहुने भनेको मूल्यबृद्धि नै हो ।

नाका सञ्चालन हुदैँ नभएको हो कि आंशिक रुपमा भइरहेको छ ?

यसलाई चाँहि अलि फरक ढंगले बुझिदिनुपर्छ भन्ने मलाई लाग्छ । चिनसँग पारवहन सन्धी गरिसकेको छ । चीन हाम्रो सामान आउने मुख्य स्रोत रहेको मुलुक पनि हो । चिनसँगै दक्षिणी नाकाबाट आउछ । उत्तरी नाकाबाट मात्रै आउछ भन्ने गलत पनि हो । चीनबाटै दैनिक प्रयोग गर्ने सामान आउछ । भारतको कलकत्ताबाट पनि आउछ त्यहाँबाट आउदा अलि महंगो हुन्छ । उत्तरीनाकाबाट सहज रुपमा आउने हो भने पनि १५ दिनसम्म लाग्छ तर दक्षिणी नाकाबाट सामान आउने हो भने दुई महिनासम्म पनि लाग्न सक्छ । त्यहि भएर उत्तरी नाका खोल्नु व्यापारीक र उपभोक्ताको हिसाबले पनि धेरै राम्रो हो ।

व्यापारीहरुले त नेपाल व्यापार संघ समक्ष गुनासो राख्छन होला, यसलाई कसरी हेरिरहनुभएको छ ?

हामीले हाम्रो तहबाट गर्ने पहल गरिरहेको छौँ । नेपाल व्यापार संघले नाकाहरुका विषयमा र व्यापारीहरुको पीर मार्काका विषयमा र उपभोक्ताहरुलाई सामानको मूल्य बढी नपरोस् भनेर काम गरिरहेका छौँ । हामीले सरकारी निकायलाई झकझक्याउने हो, मैलै काठमाडौँ महानगरपालिकाका प्रवक्तासँग पनि भेटेर यो कुरा राखेको छु छलफल गरेको छु । नेपाल व्यापार संघ लागिपरेको छ । हिमालय सीमा पारी, उद्योग वाणिज्य संघले पनि पहल गरिएको । उहाँले त परराष्ट्र मन्त्रीलाई भेटेर विज्ञप्ती समेत गर्नुभएको छ । उहाँले त विस्तृत रुपमै गर्नुभएको छ । खासा नाका/तातोपानी नाकाबाट केहि कन्टेनर त आएको छ तर प्रयाप्त छैन । ५ ट्रक लसुन आएर के हुन्छ केहि पनि हुदैन । त्यहि भएर यसका लागि पहल भइरहेको छ ।

काठमाडौ महानगरको डोजर नियमविपरीतका संरचना माथि छ यसको असर त व्यापारीहरुलाई परेको होला नी ?

सबभन्दा ठुलो मार व्यापारीलाई नै परेको छ । यसविषयमा व्यापारीहरुलाई जानकारी दिएन भने महानगरपालिकाको दाबा छ ३५ दिने सूचना निकालेका छौँ कस्तो थाहा भएन भन्ने जवाफ आउछ । यो भन्दा पहिला पनि सूचनाहरु त आउथ्यो तर कार्यान्वयन भएको अवस्था थिएन त्यहि भएर कसैको ध्यान नगएको हुन सक्छ । तर अहिले महानगरलाई धन्यवाद दिनुपर्छ उहाँले कानुनी रुपमा आउनु पर्छ स्वीकार्नुपर्छ । तर व्यापारीहरुलाई परेको मारका विषयमा कसले बुझ्ने । अब सूचना घरधनीलाई थाहा भएको र व्यापारीलाई थाहा नभएको र व्यापारीले घरधनीलाई भने पनि अरुको कुरा सुन्ने होइन यस्तो कुरामा ध्यान दिने होइन भन्ने जवाफ आएको छ । यसले व्यापारीलाई मार परेको छ । दशैँको बेला छ यो समय मुख्य व्यापार हुने समय हो । यो समय नयाँ लगाउने, नयाँ कुरा खाने भन्ने समय हो । यो व्यापार गर्ने समय हो । यति बेला नै पसलहरु भत्किदा यहाँ चिल्लीबील्ली भएको छ । यहाँ आत्महत्या गरेका घटना सार्वजनिक भएका छन् । व्यापारीहरु रुदै मिडियामा आएका छन् । एकदमै ठुलो मार्का छ यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ महानगरपालिकासँग बसेर सल्लाह गर्दैछौँ ।

काठमाडौँ महानगरपालिकाको निर्णय सहि छ भन्नुहुन्छ, समन्वय कहाँ हुन सकेन, कि घरधनीको कमजोरी हो ?

समन्वय त हामिले सरकारलाई कमजोर बनाउन खोज्यौँ र यसमा हामिले बेवास्ता गर्यौँ । घरधनीले यसलाई सरकार कराउदैँ गर्छ हामी पैल्दै गर्छौ भन्ने भयो । यस्तै व्यापारीको मुख्य मार्का भनेको व्यापारीले भाडामा बस्दा नक्सा माग गर्दनौँ र चलन पनि छैन यो गर्नु उपयुक्त हुन्छ कि हुदैँन त्यो पनि थाहा भएन । हामीले महानगरलाई पनि भन्यौँ उहाँले भन्नुभयो तपाइहरु जुन कागज बनाउनुहुन्छ घरबेटीसँग त्यो स्पष्ट खुलाउनुहोस् । लोकेशन खुलाउनुहोस् र पसल सम्झौता गर्दै हुनुहुन्छ भने भाडा खुलाउनुहोस्, स्थान खुलाउनुहोस् । यतिखेल तपाईलाई मार्का पर्यो भने हामी केहि गर्न नसकिने अवस्था छ । तपाईको सम्झौता एकातर्फ छ व्यापार एकतर्फ छ । अर्काे उहाँले के भन्नुभयो भने कुनै पसल सम्झौता गर्दैहुनुहुन्छ भने हामीकहाँ दर्ता गर्नुहोस् । दर्ता गरेपछि तपाईको घरबेटीले मान्नुभएन र हामी नै डोजर लगेर गयो भने तपाईसँग बलियो प्रमाण हुन्छ । तपाईको व्यापारलाई लिगलाइज गर्नुहो । त्यो मलाई ठिकै लाग्यो । हामीले लिगलाइज हुनैपर्छ । घरबेटीले र पसलेबीचको समझदारी बन्छ त्यसैले घरबेटी मार्थि पर्ने भनेकै यहि हो ।

व्यापारीहरुले पनि अन्तर्राष्ट्रिय व्यापारका सिद्धान्त अपनाएको अवस्था छ कि परम्परागत व्यापार प्रणाली छ ?

व्यापार हामि परम्परागत हिसाब ले नै गर्दैछौ । हामी व्यापार गर्दाे बील लिनेदिने गरेका छैनौ । यो उपभोक्तालाई पनि थाहा छैन बील लिदा के हुन्छ भनेर झन व्यापारीलाई त दुई पैसा बचाउनै खोज्छ । व्यापारीले पनि इमान्दारीपूर्वक बील लिने र बील जारी गर्ने यी दुई कुरा गरिदिने हो भने र मैले अघि पनि भने घरभाडाको कुरा । बील लिने दिने कुरामा भाडामा पनि असर गर्छ । हामीले बील लिनेदिने गर्यो भने कारोबार साईज बढ्छ । साइज बढेपछि खर्च व्यवस्थापन गर्नुपर्छ । यी कुराहरु लिगलाइज गर्नुपर्ने जरुरत हुन्छ । यस्तै मैले अर्काे कुरा जोड्न चाहे । नेपाल राष्ट्र बैंकले कार्तिक १ गतेदेखि लागुहुने गरी कारोबारको जम्मा २० प्रतिशत लोन लिन सकिन्छ । लोन नलिई कुनै पनि व्यापार सञ्चालन गर्न सकिदैन । यदि लोन लिने हो भने पनि बील लिनेदिने कुरालाई प्राथमिकतामा राख्नैपर्छ । यसरी जादा धेरै कुरामा सहज हुन्छ ।

यसलाई अन्तर्राष्ट्रिय भन्दा नि हुन्छ राष्ट्रिय भन्दा नि हुन्छ । यस्तै म केरुङ र तातोपानी नाकाको कुरा गर्छु । यो तपाईले नजोडेपनि मैले यसलाई उठान गर्न चाहे । हामीले यहाँ गरेको व्यापार । हामी त भन्ने गर्छौ ६ सय कन्टेनर माल छ । यतिको माल समान छ । तर हामीसँग त्यसलाई पुष्टि गर्ने कागजात छ कि छैन । यदि छ भने हामी भन्सार बाहेक अन्य कहाँ देखाउन सक्छौँ । यो कुरा राज्यले पनि हामिलाई तोकिदिनुपर्यो । जस्तै केरुङमा हाम्रो माल छ हामीसँग डकुमेन्ट पनि छ । हामीले भुक्तानी गरेका छौँ । तर त्यो डकुमेन्ट हामीले गर्ने । मलाई यति मार्का परेको छ भनेर कसालाई भन्ने । त्यो राज्यले खडा गरिदिनुपर्यो । यदि परवाहन सन्धी गरेको थियो भने चिनले सानो सानो निहुमा व्यापारलाई रोक्न सक्दैनथ्यो । यसमा राज्यले नि गर्नुपर्यो र व्यापारीले नि गर्नुपर्छ । यदि राज्यले त्यो राज्यले संयन्त्र बनाउन सकेन भने हामी व्यापारीले कहाँ जाने ।

अन्तमा व्यापारीहरुका विषयमा केहि भन्नुछ ? तपाई शन्देश राख्न सक्नुहुनेछ ।

मेरो महत्वपूर्ण भन्दा पनि व्यापारीहरुलाई निर्देश भनु । हामीले कर तिर्यो भने देश बच्छ । हामी गाउँबाट शहर पस्यौ र हाम्रा सन्तान शहर छोडेर विदेश जादैछन् । किन हामिले भविष्य देखेका छैनौ । बील लिने दिने कुरामा राज्यलाई नि सहयोग गरौँ , इमान्दारी पूर्वक कर तिरौँ । हामीले यो जवानीको समय यहाँ वितायौँ र हाम्रो बुढेसकाल कहाँ बित्छ थाहा छैन । छोराछोरी फर्केर आउदैनन् । यो देशलाई बचायौँ र छोराछोरीलाई फर्कायौँ भने हाम्रो भविष्य छ र बुढेसकाल यहि बित्छ नभए हामीले नि छोराछोरीपछि हिड्नुपर्ने अवस्था आउन सक्छ त्यहि भएर देश बचाउने तपाई हाम्रो हातमा छ । मैले यति भन्न चाहे ।

समय र संवादको लागि धन्यवाद

मेरो महत्वपूर्ण कुरा राख्ने अवसर दिनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट र नेपाल व्यापार संघको तर्फबाट उपहार मिडिया तथा उपहार खबर डट कम प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्