गुल्मी– गुल्मीमा चितुवाको अक्रमणमा परी एक जना घाइते भएका छन् । आक्रमणबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६, निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् ।
आज बिहान खोरमा कुखुरा खान पसेको चितुवा धपाउने क्रममा कुँवरलाई चितुवाले आक्रमण गरेको थिययो । चितुवा झम्टन आएपछि कुँवर र चितुवाबीच केहीबेर झडप भएको थियो । झडपको क्रममा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चितुवाले खोरमा रहेका ठूला कुखुरा ६०/ ७० वटा र साना ५०/६० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको अवस्था सामान्य रहेको तर जीउका विभिन्न भागमा चितुवाले चिथोरेर घाउ बनाएको छ । घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मीको टोली पुगेको छ ।