दार्चुलामा भीषण बाढी : उद्धार र राहतका लागि उद्योग मन्त्री बडू गृहजिल्ला प्रस्थान

File Photo

काठमाडौँ – गएराति परेको अविरल वर्षासँगै दार्चुलामा आएको बाढीले जनधनको क्षति गरेपछि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू उद्धार र राहतका लागि गृहजिल्ला दार्चुला प्रस्थान गरेका छन् ।
मन्त्री बडू शनिबार विहान गृह जिल्ला प्रस्थान गरेको उनका प्रमुख स्वकीय सचिव केशर भण्डारीले जानकारी दिए । स्वकीय सचिव भण्डारीका अनुसार दार्चुलामा बाढी आएको खबर प्राप्त हुना साथ उद्योग मन्त्री बडू र गृहमन्त्री बालकृष्ण खाणको आकष्मिक बैठक बसी प्रधानमन्त्री देउवाको निर्देशनमा नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि पठाएको हो । नेपाली सेनाको हेहिकप्टर दार्चुला पुगिसेको भण्डारीले बताए । घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर दार्चुला पुगेको हो । घाइतेहरुको प्रकृति हेरेर उपचारका लागि धनगढी–नेपालगञ्ज र काठमाडौ ल्याइने भण्डारीको भनाई छ । घाइतेहरुलाई धनगढी ल्याएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्योगमन्त्री बडू राहत सहित दार्चुला जाने स्वकीय सचिव भण्डारीले बताए । दार्चुला सदरमुकामको लास्कुखोलामा गएराति बाढी आएको हो । बाढीले २ दर्जन बढी घरमा क्षती पुर्याएको छ भने नौगाड र लास्कु खोलामा आएको बाढीले ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्