काठमाडौं – नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको हो ।
समाचार स्रोतका अनुसार सन्दीपलाई कप्तानसँगै खेलकुद गतिविधिबाट निलम्बन गर्न लागिएको छ । १७ वर्षीया नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए ।
जिल्ला अदालत, काठमाडौंले बिहीबार सन्दीपलाई पक्राउ गर्न पुर्जी जारी गरिसकेको छ । हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा रहेका सन्दीपलाई इन्टरपोलको सहायतामा पक्राउ गरी नेपाल ल्याउन सकिने बताइएको छ ।