सुदूरपश्चिमेली नेपाली समाज जम्मु कश्मिरद्वारा गाैरा र तीज कार्यक्रमको आयोजना

जम्मु कश्मीर – सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मिर राज्य समितिले हरितालिका तीज तथा नेपालीहरुको महान पर्व गौरालाई लक्षित गरि भव्य कार्यक्रमको आयोजना गरेको छ । रोजगारीको सिलसिलमा भारतमा रहेका नेपालीहरुलाई एकसुत्रमा बाध्ने र भाइचाराको सम्बन्ध कायम गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको छ । आइतबार भारतमा पर्ने विदाको अवसर पारी औपचारिक कार्यक्रमको आयोजना गरिएको हो । औपचारिक कार्यक्रम पश्चात विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मिर राज्य समितिका अध्यक्ष जनक राज जोशीको सभापतित्व तथा सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय कोषाध्यक्ष बाशुदेब जोशीको प्रमुख अतिथिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिशिष्ट अतिथि सुदूरपश्चिमेली नेपाली समाज भारत उत्तर भारत सह–संयोजक तथा जम्मु कश्मीर राज्य समिति इन्चार्ज केशब दत्त भट्ट, गोरखा सभा भुपू अध्यक्ष बबिता राना, जम्मु हाउकोटका सिनियर वकिल बारिश गिल, केन्द्रिय समिति सदस्य गोपाल दत्त जोशीको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रमलाई अझै रमाइलो र संगीतमय बनाउनका लागि कलाकारहरु नवराज कलौनी, पुष्पा बोहरा, निर्मला कार्कीका साथै स्थानीय कलाकारहरुलाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । कलाकारहरुको बिजोड प्रस्तुतीमा उपस्थित सम्पूर्ण छमछमी नाचेका थिए । जम्मु कश्मीरमा रहेका एक हजारभन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो । राज्य समिति बरिष्ठ उपाध्यक्ष भुपाल दत्त भट्टले स्वागत मन्तव्य तथा गोपाल रोकायाले कार्यक्रम सञ्चालन गरेका थिए ।

जम्मु कश्मीर राज्य समितिले आयोजना गरेको गौरा तथा तिज कार्यक्रम एकदम‌ भब्य र सभ्य रुपमा सम्पन्न भएको र कार्यक्रममा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा कार्यक्रममा बिशिष्ट अतिथि सुदूरपश्चिमेली नेपाली समाज भारत उत्तर भारत सह–संयोजक तथा जम्मु कश्मीर राज्य समिति इन्चार्ज केशब दत्त भट्टले हार्दिक आभार प्रकट गर्नुभएको छ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार पुष्पा बोहरा, नवराज कलौनी, निर्मला कार्कीले उत्कृष्ट गीतहरुको प्रस्तुती दिदै उपस्थित सम्पूर्णलाई नचाएका थिए । कार्यक्रममा सहभागीहरुले फोटो सेसन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्