खप्तड लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने

काठमाडाैं – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ भोली सोमबार बाँडफाँट हुने भएको छ । १२ हजार ३४० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भोली सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

त्यस मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्