निलम्बित प्रधानन्यायाधीश जबरासँग भोलि थप बयान लिइने

काठमाण्डौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।

महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ ।  जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । थप प्रश्नमा भोलि जवाफ मागिने छ ।

बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी गर्नुभएको छ । उहाँले संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको र प्रचलित कानुनअनुसार आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको तर संसदको सम्मानका लागि मात्रै आफू समितिमा आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्