नेपाल व्यापार संघद्वारा तीज विशेष कार्यक्रमको आयोजना

काठमाडाैँ – नेपाल व्यापार संघ, महिला उद्यमी तथा व्यवसायी विभागले राजधानी तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । आइतबार नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा माहिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मन्त्री रेग्मीले महिलाहरुलाई आधा धर्तीको संज्ञा दिनुभयो । महिलाहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति उच्च प्रशंसा गर्नुभयो । माहिलाहरु आत्मनिर्भर नभए परिवारबाट समेत हेपिनुपर्ने अवस्था हुनेभन्दै आत्मनिर्भर हुनु आवश्यक समेत रहेको उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयमा पटक पटक महिला उद्यमीहरुलाई ५० प्रतिशत कर छुट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएको समेत उहाँले बताउनुभयो । महिला उद्यमीहरुका लागि आवश्यक पर्ने सहयोग गर्न आफु सधै तयार रहेको उद्यमीहरुलाई बजार मागलाई ध्यानमा राखि बाहिर निर्यात गर्न सकिने बस्तुहरुको उत्पादन गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले विगतका बर्षमा तीज विशेष कार्यक्रमले स्थान नपाएपनि महिला प्रतिनिधिहरुसँग समन्वय गरि यस बर्ष तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महिलाहरु सक्षम र उद्यमशील बनाउन व्यापार संघ लागिपरेको समेत उहाँले स्मरण गराउनुभयो । उहाँले कार्यक्रममा व्यापारीहरुको पीर मार्कालाई समेत व्याख्या गरेका छन् । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत निर्माण गरिएका संरचनामाथि डोजर चलाएको निर्णयको स्वागत गरेका छन् । तर घरधनीहरुले भाडावाला व्यापारीहरुलाई सूचना नदिदा भाडावाला व्यापारीहरुको व्यवसायमाथि डोजर चलेको प्रति दुख व्यक्त गरेका छन् ।

महानगरपालिकाको निर्णय सहि भएपनि घरधनीहरुले समयमा सूचना नदिदा व्यवसायीहरुले क्षति भोग्नुपरेकोले यसतर्फ सबै सचेत भइदिन अनुरोध समेत गर्नुभयो । उहाँले दशैँको मुखमा व्यवसायीहरुको पीरमार्का बुझेर अघि बढिदिनुहनु अनुरोध समेत गर्नुभयो । यस्तै केरुङ नाकामा अझै पनि कोरोनाको नाममा सामान आयात गर्न कठिनाई भएको भन्दै यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । दशैँलाई लक्षित गरि सामाना आयातमा सहज व्यवस्थापन गरिदिनुहुन समेत अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा नेपाल व्यापार संघका उपाध्यक्ष इन्दिरा लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य राख्दै लामिछानेले नेपाल व्यापार संघ व्यापारीहरुको हकहितका लागि लागि पर्ने बताएका थिए । मन्तव्य उहाँले महिलाहरुले पनि पुरुष सरह काम गर्न सक्ने बताएका थिए । हरेक क्षेत्रमा महिलाहरुको सहभागिता लाई अझ बुलन्द बनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिकको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।


कार्यक्रममा बोल्दै तीज विशेष कार्यक्रम संयोजक तथा नेपाल व्यापार संघकी महिला उपाध्यक्ष पार्वती भट्ट पौडेलले महिलाहरुलाई एकिकृत गरि खुसी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने अवसर पारि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विगतका बर्षमा निरन्तरता पाउन नसकेको कार्यक्रम यस बर्ष नयाँ नेतृत्वले यसलाई निरन्तरता दिएकोप्रति खुसी व्यवक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्