मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

भक्तपुर – नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीयवासीलाई वितरण गरिएको छ । बिहीबार मध्यपुरथिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा पाँच सय १९ लाई भोग चलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले जानकारी दिए ।

उनले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६९५० बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको बताए । मध्यपुरथिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको उहाँले जानकारी दिए ।

सुकुम्वासी जस्तै बसेर अनेकौं समस्या झेल्दै आएका स्थानीयवासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । भोली पनि पूर्जा वितरण कार्य जारी रहने उनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्