थाइल्यान्डका प्रधानमन्त्री निलम्बनमा

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कानुनले तोकेको आठ वर्षे कार्यकाल सकिएको भन्दै संवैधानिक अदालतले प्रधानमन्त्री प्रयुत चान ओचालाई निलम्बन गरेको रोयटर्सले जनाएको छ ।

थाइल्यान्डमा सन् २०१७ मा बनेको संविधानले एक व्यक्ति प्रधानमन्त्री पदमा आठ वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरेको छ । प्रयुत प्रधानमन्त्रीबाट निलम्बनमा परेपछि अब सेनाका पूर्व प्रमुखसमेत रहेका उपप्रधानमन्त्री प्रवीत वोङ्सुवान अन्तरिम प्रधानमन्त्री बन्ने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्