काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकाको खरानिटार अस्पतालमा ग्रामीण आँखा उपचार सेवा संचालन हुने भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन सम्बन्धी विभिन्न छलफल गरेको थियो । अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन भएपछि स्वास्थ्य सेवामा सहज पहुँच हुने गाउँपालिकाको विश्वास छ । आँखा जस्तो संवेदनशील अंगमा कुनै समस्या आउन नदिन र समस्या देखा परे तुरुन्तै उपचारको प्रक्रिया अघि बढाउने उद्देश्यले सो सेवाको सुरुवात गरिएको हो । बैठकमा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, वडा अध्यक्ष नकुर दोङ तामाङ र तिलगंगा आँखा अस्पतालको प्रतिनिधिहरु तथा गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अब यस क्षेत्रका जनतालाई आँखा स्वास्थ्य सम्बन्धि सेवा लिन सहज हुने भएको छ । तादीमा सेवा सञ्चालन भएपछि आसपासका स्थानीय तहका जनताहरु समेत सेवा लिन सक्नेछन् ।