नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना काठमाडौँबाट पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।  काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् ।

काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्