नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवमा एन प्याब्यसनका अध्यक्ष हमाल सम्मानित

काठमाडौँ – नेपाल प्रहरी श्रीमती संघ भृकुटिमण्डप काठमाडौँले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाललाई सम्मान गरेको छ ।

नेपाल प्रहरी श्रीमति संघको ३८औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष हमाल सम्मानि भएका हुन् । नेपालमा संस्थागत विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको स्वर्णिम भविष्य कोर्न देशभरि अहम भूमिका निर्वाह गरेर समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गरेको योगदानको मुल्यांकन गर्दै संघले अध्यक्ष हमाललाई सम्मानित गरेको हो । कार्यक्रममा प्रहरी प्रशासनका उच्च अधिकारीहरुको सहभागिताका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको हातबाट अध्यक्ष हमाल सम्मानित भएका हुन् ।

सम्मानित भए पछि हमालले आफुलाई गर्व महसुस भएको बताएका छन् । ‘धेरै खुसी लाग्यो, गौरभान्वित महसुस गरेको छु,’ अध्यक्ष हमाले भने, ‘नेपाल प्रहरी श्रीमती संघले मलाई गरेको सम्मानले अझै जिम्मेवार बनाएको छ, देशको शिक्षा विकासमा अझै धेरै गर्न बाँकी छ ।’ बौद्धिक तथा शैक्षिक व्यक्तित्वको रूपमा परिचित हमालले समाज कल्याण र शैक्षिक वातावरण कायम गराउन र उक्त क्षेत्रमा सुधारको लागि विगत लामो समयदेखि निरन्तर लागिरहेको बताएका छन् ।

ग्रामीण भेगमा जन्मिएका हमाल सिङ्गो निजी शिक्षालयको छाता संगठनको राष्ट्रिय अध्यक्षमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् । अध्यक्ष हमालले मधेस प्रदेशको मोफसल बाट एन प्याब्सननको प्रतिनिधित्व गरि रहेका छन् । राष्ट्रका उच्च प्रहरी व्यक्तित्वहरु सहभागिता भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रहरी श्रीमती संघका महासचिव सुमन पोखरेल उपाध्यायले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्