हवाई टिकटमा एनएमबि बैंकको आकर्षक क्यासब्याक सुविधा

काठमाडौं – एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यती एयरको टिकट खरिद गर्दा आकर्षक क्यासब्याक पाउने भएका छन् । बैँकका अनुसार आउँदो चाड पर्वलाई मध्य नजर गर्दै बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको हो ।

जस अनुसार एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः रु.३५० र रु.५०० क्यासब्याक पाउने छन् । क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने र यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्