आज भारी वर्षाको सम्भावना, आगामी तीन दिनको मौसम कस्तो ?

काठमाडौँ – आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा रहेको छ।

आज राति देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै भोलि आइतबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्