अर्किड आइडल : फाइनल राउण्डका लागि १६ जना छनौट, को–को भए छनौट ? (नामावली)

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलले अर्किड आइडल नृत्य प्रतियोगिताको सेमिफाइनल राउण्ड सम्पन्न भएको छ ।

मंगलबार राजधानीको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलमा नवौँ सिजनको अर्किड आइडल नृत्य प्रतियोगिताको सेमिफाइनल सम्पन्न भएको हो । प्रतियोगितामा ६७ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कोरियोग्राफर तथा मोडेल लक्ष्मी थापाले निर्णायकको भुमिका निभाएका थिए । फाइनल राउण्डको लागि १६ जना प्रतियोगी छनोट भएका छन् ।

छनोट हुनेमा आयुषा कटुवाल, करुण कटुवाल, कृतिका गौतम, खुसी कार्की, शिशीर जिरेल छन् । यस्तै सरिता कार्की, रोजिता खड्का, अनुसा खत्री, भूमी पराजुली, स्नेहा पुरी पनि फाइनल राउण्डका लागि छनौट भएका छन् । यस्तै सेविका घिमिरे, आदित्य राई, सोनिया खड्का, दिपिका वि.क. सुमन खड्का र दिलाशा माली पनि फाइनल राउण्डका लागि छनोट भएका छन् । प्रतियोगिताको अडिसन गत मंगलबार सुरु गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरुलाई एकल नृत्य गराई उनीहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन नेपालका विभिन्न लोक तथा सांस्कृतिक महत्व बोकेका नेपाली मौलिक संस्कृतिहरुको जगेर्ना गर्न तथा विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जगाउन प्रतियोगितालाई निरन्ता दिएको विद्यालयले जनाएको छ । आगामी मंगलबार प्रतियोगिताको फाइनल राउण्ड सम्पन्न हुने आयोजकले जनाएको छ । प्रथम, द्वितीय, तृतीय र बेष्ट कष्टुम (उत्कृष्ट पहिरन) ले ट्रफि तथा प्रमाणपत्रहरु पाउने विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्