विश्वबजारमा सुनको भाउ बढ्यो, नेपालमा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको भाउ निरन्तर उतारचढाव जारी रहेको छ । बुधबार घटेको सुनको भाउ बिहीबार भने बढेको छ । साउन १९ गते, सुन तोलामा ८०० रुपैयाँले महंगो भएको छ । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ ।

हिजो सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको थियो । बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम रहेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले ओरालो लागेको थियो । उता विश्व बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । अन्तरराष्ट्रिय मूल्य अनुसार यतिबेला सुन प्रतिअउन्स एक हजार ७७३ डलर आसपासमा कारोबार हुँदैछ । यो समाचार तयार पार्ने समयसम्म सुन ९ डलर भन्दा बढीले महंगिएको छ ।

चाँदीको मूल्य पनि अन्तररराष्ट्रिय बजारमा बढ्दा प्रतिअउन्स २० डलर बराबरमा खरिदबिक्री भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्