काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन् ।
भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’
एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको उनले बताए ।
अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनले बताए ।