कैलाली – नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवालाई आग्रह गरेको छ । आइतबार सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगलाई विज्ञापनका लागि समितिले आग्रह गरेको हो ।
हाल सुदूरपश्चिम प्रदेश अन्तरगत प्रदेश सरकार र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा ६० प्रतिशत बढी पद रिक्त रहेको भन्दै विज्ञापनका लागि आग्रह गरिएको बताइएको छ । रिक्तताका कारण सेवा प्रवाहमा समेत समस्या भएको भन्दै नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिमले विज्ञापनको माग राखेको हो ।