कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।
सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।