हिताचीका ४ वटा नयाँ उत्पादन सार्वजनिक, छिट्टै बजारमा उपलब्ध हुने

काठमाडाैं – हिताचीका चार वटा नयाँ उत्पादन बजारमा सार्वजनिक भएका छन् । कम्पनीले शुक्रवार सोल्टी होटलमा मीट एण्ड ग्रीट कार्यक्रमको आयोजना गरि नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । रेफ्रिजेरेटर (फ्रिज), वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर सार्वजनिक गरेको हो ।

नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरण रमेश कर्प सस्थाको शाखा युनभर्सल इलेक्ट्रोकम प्रा.लि. रहेको छ । शुक्रवार आयोजित कार्यक्रममा ए. एच. जीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग –निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभागकाका बरिष्ठ प्रबन्धक एलविन थापको उपस्थिति रहेको थियो । कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा उत्पादनको घोषणा गरेको हो । उत्पादनमा हिचासी माइक्रेबेभ ओभनका ४ मोडेल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजेरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

कार्यक्रममा सहभागीहरुलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरुको दायार बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरु पनि प्रर्दशनमा राखिएको थियो । हिताचीले नेपाल्ी प्रयोगकर्ताहरुलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउन नेपालमा आट्टनो सञ्चालनलाई थप मजबुद बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउदै हिताचीले आफ्ना ग्राहकहरुलाई अझ राम्रो विक्रि सेवा र विक्रिपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घरपरिवार माझ नयाँ अविस्कारी प्रविधिहरु नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरताको सुनिश्चित गर्दै आगामी दिनहरुमा लागिपर्ने पनि बताएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालका सबै ग्राहका लागि गुणस्तरीय उत्पादन लाइन अन र विक्रिपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्ने बताउनुभयो । हिताचीले सम्पूर्ण उत्पादनहरुमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ । त्यसकारण सबै उपकरणको बजारमा ठुलो अपिल रहेको छ । ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भएपनि, हिताचीसँग उनीहरुका लागि कुनै न कुनै उपकरण पक्कै रहेको छ ।

हिताचीको प्रबन्ध निर्देशक चेन टेक बेङले रमेश कर्पसँगको व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुनाकुनामा विस्तार गर्दै उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउने दृढ विश्वास गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्