बाँके – बाँकेको कोहलपुरमा मङ्गलवार बिहान मृत भेटिएका दम्पतीलाई कन्ट्रयाक्ट किलर मगाएर हत्या गर्न लगाएको खुलेको छ ।
दाजु–भाउजुले भारतबाट कन्ट्रयाक्ट किलर मगाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । कोहलपुर नगरपालिका १४ मा मृत भेटिएका दम्पती २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अञ्जलीको आफ्नै दाजु विजय र भाउजु रेखाले एक लाख रुपैयाँ दिएर भारतबाट दुई जनालाई बोलाएर हत्या गराएको दाजु–भाउजुले बयान दिएका प्रहरीले जनाएको छ ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।