भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात र बिक्री वितरणमा रोक

काठमाडौं – भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाइएको छ । सरकारले १ गतेदेखि यस्तो कार्य गरेको पाए कारबाही गर्ने जनाएको छ ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको छ ।

४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाबी फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।

विगतमा कोरोना महामारीका कारण अनुगमन हुन नसकेको तर अब भदौ एक गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
यसैगरी विभागले ४० माइक्रोनभन्दा कम प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई मेसिन औजार, पाटपुर्जा प्रतिस्थापन गर्दा लाग्ने लागत बराबरको पुजिगत अनुदान दिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्