करार कर्मचारीको म्याद नथप्दा स्वास्थ्य सेवा ठप्प, आमाले जन्माइन् बाटोमै बच्चा

देबराज पाध्याय
बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमानै छोरा जन्माएकी छन् । स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा सोही वडाकी ३५ बर्षिया कार्तिका बिकले बाटोमानै बच्चा जन्माएकी हुन् ।

सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले गाउँ बाट एक घण्टा भन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी कोही नहुँदा उनलाई फिर्ता घर ल्याएका हुन ।

घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले जानकारी दिए । कार्तिका बिकको यो तेस्रो बच्चा हो । ‘स्वास्थ्य इकाइ केन्द्रमा स्थ्यस्वास्थ्यकर्मी होलान भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरा जन्मियो’ बलबहादुर विकल भने ।

माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको उनले बताए । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि ईकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी बिहिन भएकोे वडा अध्यक्ष अजय बहादुर बिकले जानकारी दिए । गाउँपालिकाले स्वास्थ्य चौकीमा कार्यरत अनमि अहेब कसैको पनि करार म्याद थप गरेको छैन् । आबश्यकता आधारमा मात्र करार थप गर्ने वा बिज्ञापन मार्फत भर्ना गर्ने वताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन् ।

अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नविकरण नहुदा स्वास्थ्य सेवा प्रभाबित भएको छ । बाजुरामा ३ बर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका काँग्रेसले जितेको छ । २०७४ मा नेकपा एमालेले जितेको थियो । अघिल्लो स्थानिय सरकारले करार भर्ना गरेका कर्मचारीको म्याद अहिले गाउँपालिकाले थपेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्