काठमाडाैं – काठमाडाैंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज उत्कृष्ट १० कलेजभित्र परेको छ । विभिन्न मापदण्ड र आधार तय गरी उत्कष्ठ मिडियाहरुले गरेको अध्ययनमा उत्कृष्ठ १० कलेजभित्र पर्न सफल भएको हो । शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायतका मापदण्डका आधारमा यस कलेज छनौटमा परेको छ ।
सन् १९९७ मा चाबहिलको पिपलबोटमा स्थापित यो कलेजमा स्नात्तोकतर सम्मको अध्ययन हुँदै आएको छ । प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ ।
गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ ।
अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि उपयुक्त हुन कक्षा ११ बाट नै पहल गर्ने गर्दै आएको छ । प्रतिस्पर्धात्मक कक्षाको वातावरण कायम राख्दै शैक्षिक र अतिरिक्त पाठ्यक्रममा सेन्ट लरेन्सले विशेष ध्यान र्पुयाउँदै आएको छ । यातायात, पुस्तकालय, ल्याब, होस्टल, क्यान्टिनलाई आधुनिक बनाएको सेन्ट लरेन्सले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सधैं प्रेरित गर्ने गरेको छ ।