बाजुरामा बाढीले चार घर बगाउदा स्थानीयको बिचल्ली

बाजुरा —  बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा बुढिगंगा नदिले जमिन कटान गरी ४बटा घर भत्किएका छन । मंगलबार राति आएको अबिरल बर्षाका कारण बुढिगंगा नदीमा पानीको बहाब बढेको हो । रातभरीको भारी बर्षाका कारण भौनेरा क्षेत्रमा पानीले जलमग्न भएसंगै सो क्षत्रमा रहेका ४ ओटा घरको आगन सम्मै बुढिगंगा नदिले कटान गरी जमिन सबै भत्किएको नेपाल पत्रकार महासंघ बाजुराका सह सचिव गंगाराज पण्डितले जानकारी दिएका छन ।


घरको तलतिर रहेका सबै खेतहरु सबै खोलाले बगाएर आफ्नो घर रहेकोठाउँसम्म खोलाले जमिन कटान गरेर आफुबस्ने घरहरु भत्काएर बगाएको पण्डितले बताए छन् ।  गंगराज पण्डित र अम्मराज पण्डितका घर पुर्ण रुपमा बगाएर लगेको र चन्दराज पण्डित र लक्ष्मिराज पण्डितको घर आधा बगाएको बडिमालिका वडा न २ का वडाअध्यक्ष डम्मर बहादुर महतले बताएका छन ।
घरमुनिको खेत राति बगाएर घर सम्म भत्कनलागेको खवर पश्चात राति नै त्यहँका स्थानियहरु गएर घरको गोठमा रहेका गाई ,गोरु, बाख्राहरुलाई निकालेर जंगलमा लगेर छोडेर मानिसको समेत उद्दार गरेको केहि समय पछी घर   भत्किएको र घरमा रहेको केही समान सार्न नपाएकाे अम्मराज पण्डितले बताएका छन् । ‘घरमा रहेको सामानहरु केकति क्षति भएकोछ थाहानै छैन । अब बस्ने ठाँउ छैन खानेसामल छैन के गर्ने हो’  अम्मराजले भने। पिडितहरु अहिले छिमेकीको घरमा बसीराखेकाछन् ।

क्षतिको विबरण के भयो भन्ने बिषयमा नेपाल प्रहरीको टोली घटना स्थलतर्फ पुगीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताएका छन । जिल्ला बाट खटीएको नेपाल प्रहरी, ससस्त्र प्रहरीको टोली घटना स्थल पुगेर उद्दार गरीरहेको छ  । सो क्षेत्रमा रहेको भौनेरा खोलाले गत बर्ष पनी धेरैलाई घरबार बिहीन बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्