एसएसपी दिल्लीराज विष्टलाई दर्ज्यानी चिन्ह प्रदान, हालसम्म कहाँकहाँ सम्मानित तथा पुरस्कृत भए ?

काठमाडाै- नेपाल प्रहरीको बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका एसपी दिल्लीराज विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमका विच महानिरीक्षक धिरजप्रताप सिँहले एसएसपीमा बढुवा भएका प्रहरी अधिकृत विष्ट सहित अन्य ३२ जनालाई दर्ज्यानी चिन्हबाट शुशोभित गरेको हो ।

एसएसपी विष्टसगै ३२ प्रहरी अधिकृत एसएसपीमा बढुवा भएका थिए । २०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए। बढुवाको प्रतिस्पर्धामा रहेका एसपीहरु २०५३ सालमा र २०५४ सालमा सेवा प्रवेश गरको र २०७४ सालमा एसपीमा वढुवा भएका हुन्।

इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् । एसएसपी विष्ट इन्सेपक्टर र डिएसपी हुदा सबैभन्दा चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि विभिन्न क्षेत्रबाट पुरस्कृत समेत भएका विष्ट देशमा विभिन्न समयमा आएको अशान्ती, आन्दोलन, जनयुद्धका बेला चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका थिए ।

उहाँ जिल्ला प्रहरी कार्यालय रुकुमको च.न. १०८ तथा मिति २०५५ साल श्रावण ५ मा २ ग्रेड थप हुनुभएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय डोल्पाको च.न. १५८० बाट मिति २०५७ साल श्रावण १ गते १ ग्रेड थप तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको च.न. २०४५ को मिति २०६२ साल असोज ३१ गते नगद सहित पुरस्कृत हुनुभएको थियो ।

१६ औँ संविधान दिवस मूल समिति महेन्द्रनगरद्वारा २०६२ साल कार्तिक २३ गते नगद पुरस्कार सहित कदर पत्र प्रदान गरिएको थियो । जिल्ला प्रहरी कायाल्य बर्दियामा २०६३ साल जेठ ३ गते, क्षेत्रीय प्रहरी कार्यालय दिपायल बाट २०६४ साल असार ११ गते र २०६७ साल असार ९ गते नगद सहित सम्मानित हुनुभएको थियो ।

यस्तै Nepal IPU CAP HAITIAN HAITI 27 oct 2011 तथा THE MINUSTAH REGIONAL OFFICE CAP HAITIEN HAITI बाट 27 OCT 2011 मा नगद तथा प्रशंसा पत्र सहित सम्मानित हुनुभएको थियो । यसैगरी २०६८ साल फागुन १४ गते देखि २१ गतेसम्म कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालन भएको छैटौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट ढंगले शान्ति सुरक्षा कायम गरे वाफत राष्ट्रिय खेलकुद समितिबाट प्रंशसा पत्र सहित सम्मानित हुनुभएको थियो ।

क्षेत्रीय प्रहरी कार्यालय दिपायलको मिति २०६९ साल असोज २५ गतेको पत्रले कार्यालयको कार्यसम्पादनमा उत्कृष्ट कार्य गरेवापत नगद पुरस्कार सहित सम्मानित हुनुका साथै सोहि कार्यालयमा २०६९ मा कार्यालय व्यवस्थापनमा उत्कृष्ट कार्य गरे वापत कदर पत्र सहित सम्मानित हुनुभएको थियो ।

द.नि.प्र. गण महेन्द्रनगरको मिति २०७० साल श्रावण ६ गतेका पत्रले कार्यालयमा कार्यसम्पादन उत्कृष्ट कार्य गरे वापत तथा द.नि.प्र.गण महेन्द्रनगरको २०७१ साल असोज ३१ गतेको पत्रले कार्यालयको कार्यसम्पादनमा उत्कृष्ट कार्य गरे वाफत नगद सहित सम्मानित हुनुभएको हो ।

यसैगरी प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरी केन्द्रिय खेलकुद समितिको आयोजनामा सु.प. धनगढीमा सञ्चालन भएको ३८ औँ आईजीपी रनिङ शिल्ड प्रतियोगितामा पु¥याएको योगदानको कदर स्वरुप २०७१ साल पौष ११ गते समेत प्रसंसा पत्र प्रदान गरिएको थियो । यसैगरी सेवा पदक/गद्धी आरोहण रजक पदक, दैविक प्रकोप उद्धार पदक, दुर्गम सेवा पदक तथा युएन पदक समेत एसपी विष्टले प्राप्त गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्