सिंहदरबारभित्र पत्राचारको बेहाल, वल्लो घरले पल्लोलाई लेखेको चिठी दुई वर्षदेखि बेपत्ता

काठमाडौं – सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको छैन ।

पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुलमा पुग्न सकेको छैन ।

पछिल्लो समयमा पत्र खाम बन्दी गरेर कार्यालय नजिक भए कर्मचारीले बुझाउन जाने र इमेलमार्फत पनि पत्राचार गर्ने प्रचलन आइसकेको छ । सरकारले डिजिटल नेपालको अवधारणाअनुसार कागज विहीन सरकारी कार्यालय बनाउने योजना अघि सारिरहेको बेला सिंहदरबारभित्रै आँगन जोडिएका भवनको चिठी यति ढिलासुस्ती होला भन्ने कसैले पनि अनुमान गर्न सक्दैन । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्