काठमाडौं – काठमाडौंमा भोलिदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।
काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गरिने र ६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ ।