काठमाडौँ – शुक्रबार सुनचाँदीको भाउ सस्तिएको छ । असार ३१ गते, सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको छ । चाँदीको भाउ पनि एकैदिन प्रतितोला ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा झरेको छ ।
बिहीबार भने सुनको भाउ वृद्धि भएको थियो । सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन, चाँदीको भाउ उच्च गिरावट भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।