मदिरा सेवन गरि बेहोस भएका कैलालीका युवकको कञ्चनपुरमा मृत्यु

सांकेतिक तस्बिर

कैलाली –  कैलालीका एक युवकको कञ्चनपुरमा मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका-६ का २६ वर्षीय मनिराम चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघरीका चन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका च‍ौधरी कोठामा बेहोस अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । उनको बिहीबार राति महाकाली अस्पतालमा मृत्यु भएको हो।

मदिरा सेवन गरेका चौधरी कोठामा बेहोस अवस्थामा पाइएका घरबेटी गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्