मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

FILE PHOTO

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ ।

सरकारले आज शुक्बार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ । हिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् ।

सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्