भारतले धौलीगङ्गा बाँधको ढोका खोल्यो, तटीय क्षेत्रमा विशेष ख्याल गर्न आग्रह

काठमाडौं – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज महाकाली नदीको बहाव बढेको छ । यस्तै आज दिनभरी बढ्ने भएको छ ।

भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले एक विज्ञप्ती जारीगर्दै आग्रह गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्