कैलाली – बाल कल्याण संघ टिकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारी र अस्ट्रेलियालि सरकार को बैदेशिक मामिला तथा ब्यापार बिभाग को आर्थिक सहयोगमासंचालित नारी परीयोजनाले समुदायमा रहेका १५-४९ का प्रजनन बर्ष उमेर समुहका महिलाहरु प्रत्यक्ष रुपमा सहयोग पुर्याउंदै आएको छ। बिशेष गरि अति संकटासन्न अवस्थामा रहेका प्रजनन स्वास्थ्य उमेर समुहका महिलाहरुमा यस परियोजनाले काम गरिरहेको छ। कैलालीका विभिन्न पालिका हरु मध्य परियोजनाले टीकापुर नगरपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिकका सम्पुर्ण वडाहरु र सम्पुर्ण स्वास्थ्य केन्द्रहरुमा र प्रशुति गृहहरुमा बिभिन्न चिकित्सकिय उपकरणहरु प्रदान गरिसकेको छ।
अपांगता भएका महिला, गर्भवती महिला, मुक्त कमैया, दलित किशोरी र दिर्घ रोघी महिलाहरुलाई ४ हजार भन्दा बढी स्वच्छता किट र महिनावारी स्वच्छता व्यबस्थापन किट वितरण गरिएको छ। बिषेश गरेर संकटासन्न महिलाहरुलाई विभिन्नखाले रोगहरुबाट जोगाउन सरसफाई सम्बन्धि बानि को बिकाश गर्न स्वच्छता किट र महिनावारी भएको बेलामा संक्रामक रोग लाग्न बाट जोगाउन महिनावारी स्वच्छता व्यबस्थापन किटवितरण गरिएको हो। टिकापुर नगरपालिकामा १५७९ (७०१ स्वच्छता किट र ८७८ महिनावारी व्यवस्थापन किट) जसमा १७१ जना अपांगता भएका महिला रहेका छन् ।
भजनी नगरपालिकामा १२९० (४७३ स्वच्छता किट र ८१७ महिनावारी व्यवस्थापन किट) जसमा १९७ जना अपांगता भएका महिला छन् घोडाघोडी नगरपालिकामा १०२० (६६३स्वच्छता किट र ३५७ महिनावारी व्यवस्थापन किट) जसमा ११२ जना अपांगता भएका महिला छन्। प्रजनन उमेर समूहका अति संकटसन्न महिलाहरुको प्रजनन स्वास्थ्य र अधिकार सेवामा सहज पहुचको लागि काम गरिरहेको नारि परियोजनालेलक्क्षित महिलाहरुको स्वास्थ्य जीबनयापनमा सुधार ल्याएको टिकापुर नगरपालिका वडा न २ का वडा अध्यक्ष दिपक चौधरीले बताए ।