काठमाडौं– कुप्रथा, कुसंस्कार तथा छाउपडीमा आधारित ‘लिलु’ देउडा गीत सार्वजनिक भएको छ । गौरव गिरी र एलपी शर्माको शब्द रहेको गीतमा सुदूरपश्चिमको भाषा र भेषभुषा समेटिएको छ ।
एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा रोहित देउवाको संगीत रहेको छ । गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट, पूजा देवकोटा र देउवा रोहित देउवाको स्वर रहेको छ ।
गिरीको निर्देशन रहेको गीतको भिडियोमा पूजा देवकोटा, रोशनी कार्की, एलपी शर्मा, भद्रजंग कुवर, मुकेश सुनार लगायतका कलाकारहरूले अभिनय गरेको छ ।
एलपी शर्माको प्रस्तुती रहेको गीतको भिडियोको कथा समेत गिरीले नै तयार पारेका हुन् । गीतमा सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको छ । महिनावारी भएपछि छाउगोठमा राख्नेदेखि उनीहरूले भोग्नुपरेका समस्या र त्यसबाट घट्ने अप्रिय घटनाहरूलाई भिडियोमार्फत देखाइएको छ ।
छाउ भएका बेला मन्दिर दर्शन गर्न नहुने, गोठ बस्नुपर्ने, अरुलाई छुन नहुने, गोठमा एक्लै भएका बेला अनैतिक कार्यबाट पीडित हुनुपर्ने बाध्यता लगाएतका मन छुने दृश्य समावेश गरेका छ ।