काठमाडौँ – सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम २.६ प्रतिशतसम्म भाडा बढाएको हो । नेपाल आयल निगमले गत आसार २० गते डिजेल ९ रुपैयाँ बढाएको थियो । हाल डिजेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य बढेकाले सो अनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।
विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा २.३४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढेको छ ।