शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कैलाली- बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना अन्तर्गत बाल कल्याण सङ्घ टीकापुर द्वारा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र पालिकाहरू सँगको समन्वयमा आयोजना गरिएको सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारले लागु गरेको विद्यालयमा बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण र पोषण कार्यक्रम अनुरूप शैक्षिक सत्रको सुरुवात सँगसँगै बालबालिकाहरूको स्वास्थ्य स्थिति र पोषणको अवस्था अनुगमनका लागि विद्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

बाल कल्याण सङ्घ टीकापुरले बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना टीकापुर नगरपालिकाको वडा नं. ६, ७, ८, ९, भजनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, ९, घोडाघोडी नगरपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८, १०, ११, १२ गौरीगंगा नगरपालिकाको वडा नं. १०, ११ र कैलारी गाउँपालिकाको वडा नं. ८ मा सञ्चालन गरिरहेको छ । जसबाट टीकापुरका ११, भजनीका २८, घोडाघोडीका ४७, गौरीगङ्गाका ६ र कैलारी गाउँपालिकाका ३ गरी जम्मा ९५ विद्यालयबाट ९५ जना स्वास्थ्य शिक्षकहरूको सहभागिता रहेको थियो ।

शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिकामा अषाढ १९ गते, घोडाघोडी नगरपालिकामा अषाढ २०, २१ गते गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा अषाढ २२ गते र टीकापुर नगरपालिकामा अषाढ २४ गते आयोजना गरिएको थियो । शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिकामा बाल कल्याण सङ्घ टीकापुरका अध्यक्ष धन बहादुर बिक को अध्यक्षता र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो ।

त्यसै गरी घोडाघोडी नगरपालिकामा बाल कल्याण सङ्घ टीकापुरका कोषाध्यक्ष धन राज शाहीको अध्यक्षता, घोडाघोडी नगरपालिका उपप्रमुख गुलिया चौधरीको प्रमुख अतिथ्यता, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, शिक्षा अधिकृत उमेश रेग्मी र स्वास्थ्य शाखा उप संयोजक वेद बहादुर चौधरीको आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यसै गरी गौरीगंगा र कैलारीमा बाल कल्याण सङ्घ टीकापुरका कोषाध्यक्ष धन राज शाहीको अध्यक्षता र श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक र गौरीगंगा नगरपालिकाका नगर स्वास्थ्य प्रमुख कर्ण विश्वकर्माको आतिथ्यमा सम्पन्न भएको थियो भने टीकापुर नगरपालिकामा बाल कल्याण सङ्घ टीकापुरका अध्यक्ष धन बहादुर बिक को अध्यक्षता, टीकापुर नगर स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावल, सिनियर अहेव कमल बहादुर रावल र शिक्षा शाखाका बिना पौड्यालको आतिथ्यमा सम्पन्न भएको हो ।

शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रममा भजनी नगरपालिकामा स्वास्थ्य चौकी इन्चार्ज गजेन्द्र चौधरी, घोडाघोडी नगरपालिकामा नर्स अधिकृत आशा दाहाल, गौरीगंगा नगरपालिका र कैलारीमा कर्ण विश्वकर्मा र टीकापुर नगरपालिकामा बलबहादुर रावल र कमल बहादुर रावलले पशिक्षण तथा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सहभागीलाई स्वागत बाल कल्याण सङ्घ टीकापुरका बाल स्पोन्सरसिप तथा सहभागिता र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अधिकृत रामलाल चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका उपप्रमुखले बाल कल्याण सङ्घ टीकापुर र नगरपालिका बिच नंग्र र मासुको सम्बन्ध रहेको बिचार व्यक्त गर्नुभएको थियो र आगामी दिनमा बालबालिकाहरूको समृद्धि र विकासका कार्यमा हातेमालो गर्दै जाने बिचार व्यक्त गर्नु भयो । घोडाघोडी नगरपालिकाको शिक्षा शाखा प्रमुखले विद्यालयमा प्रारम्भिक स्वास्थ्य तथा पोषण कार्यक्रम सङ्घसंस्थाको नभई नेपाल सरकारको रहेको र बाल कल्याण सङ्घ टीकापुरले त्यसका लागि नगरपालिकालाई सघाएको ब्यहोरा अवगत गराउनु भयो ।

त्यसै गरी घोडाघोडी नगरपालिकाका नगर उपप्रमुख गुलिया चौधरीले विद्यालयमा प्रारम्भिक स्वास्थ्य तथा पोषणको अवस्था अनुगमनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न बाल कल्याण सङ्घ टीकापुरले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण श्राह्नीय रहेको जानकारी गराउँदै आगामी दिनहरूमा बालबालिकाहरू स्वास्थ्य र समृद्धिका लागि नगरपालिका समन्वयका लागि साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्