काठमाडाैं- डा.ज्ञान बस्नेतले प्रतिनिधि सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ ।
संस्कारको राजनीतिको वकालत र सुत्रपातको तथा राष्ट्रिय स्वाधिनाताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । यसैगरी युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासंग जोड्न, दण्डहिनता, कुशासन, भ्रष्ट्रचार, हरेक खालको अन्याय र अत्याचारको बिरुद्द उम्मेदवारी अघि सारेको समेत उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभयो “यो उम्मेदवारी दलीय प्रणालीको बिरुद्दमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक बिकृती र भागबण्डाको राजनितिको बिरुद्दमा छ।”
बेलायतबाट कानुनमा विद्यावारिधी गर्नुभएका डा. बस्नेत भोजपुरको विकट ठाँउमा जन्मिएर संघर्ष गर्दै राजधानी प्रवेश गर्नुभएको थियो । उहाँले नेपालबाट एकपटक र दास्रो पटक बेलायतबाट कानुनमै स्नातकोत्तर अध्ययन गर्नुभएको हो । त्यसपश्चात उहाँले मानव अधिकारको विषयमा बेलायतबाट विद्यावारिधी गर्नुभयो । उहाँ मानव अधिकारको विषयमा विद्यावारिधि गर्ने नेपालकै पहिलो व्यक्ति हुन् । अहिलेसम्म कसैको दाबी समेत नआएको उहाँको भनाइ छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापकको रुपमा उहाँका कार्यरत हुनुहुन्छ भने उहाँ खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्नुहुन्छ । उहाँका लेख तथा स्तम्भहरु एसिया टाइम्स अनलाईन, हङकङ, The Dawn नेशनल पेपर पाकिस्तान तथा युरो एसिया रिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेखहरु प्रकाशन हुदैँ आइरहेका छन् । स्तम्भकारको रुपमा परिचित डा. बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा समेत लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आउनुभएको छ ।
२०३४ सालमा भोजपुरमा जन्मिएका डा. बस्नेतले एसएलसी भोजपुरबाटै उतिर्ण गर्नुभयो । हाल उहाँ काठमाडौँैको चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा बस्दै आउनुभएको छ । अनुसन्धानकर्ता तथा अधिबक्ताको रुपमा समेत परिचित डा. बस्नेतका मानव अधिकार सम्बन्धी कानुनमा दुइतीन वटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उहाँका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।