काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ ।
आज शुक्रवार दिउँसाे उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएकाे भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् । यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालकाे सफलताको शुभकामना पनि दिएका छन् ।