काठमाडौं – नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागले शुक्रबार ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । तर बीचमा कोभिड–१९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ