देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा दोस्रो पटकको स्थानीय निर्वाचन तोकिएको समयमा सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् ।
बुढीगंगा नगरपालिकाको त्रिशक्ति माविमा रहेको मतदानस्थलमा सामान्य झडप भएतापनि मतदान भने केहीबेर मात्र रोकिएता पनि मतदान भने पुःन सूचारु भईसकेको थियो । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो झडप भएको हो ।
मतदान केन्द्रमा झडपहुदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
मतदान केन्द्रमा भएको झडपलाई साम्य पार्न प्रहरीले केहीराउन्डहवाई फायर र अश्रुग्यास समेत चलायको थियो । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धान सहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएता पनि उनीहरुको भूमिका भने प्रभावकारी नभएको भन्दै स्थानीय मतदाता डम्मर बहादुर साउदले गुनासो गरेका थिए ।
तर अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । त्रिशक्ति माबि मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले वताएका छन् । बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान केन्द्रको १९ स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा वडाका १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
यस नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ । ने क पा एमाले एक्लै लडेको छ । बानियां २०७४ को स्थानीय चुनावमा नगर प्रमुखमा पराजित उम्मेदवार हुन् । भने रंग बहादुर खाति भने शिक्षकबाट अवकास व्यक्ति हुन् ।