माओवादीमा बन्यो १५६ जनाको पोलिटब्युरो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा १५६ जना रहने भएका छन् । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरो १५६ जनाको बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे । उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरेका छन् भने केही नाम अझै थपिन सक्ने भएकाले सबैलाई समेटिने बताए । जसमा वैकल्पिकको समेत व्यवस्था हुने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्