काठमाडौँ – झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो।
आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो।
करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। शवलाई धरान लगिएको छ।