गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ। हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्