राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले जानकारी दिए ।

लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’ भेटघाटका क्रममा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको उनले बताए । खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन् भने लामिछानेले उपयुक्त समयमा निर्वाचित क्षेत्र तय गर्ने बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्