काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहा बालेनले चुनावमा ४ लाखको हाराहारीमा खर्च भएको बताएका छन् । सोमबार मयेर साहले चुनावी अभियमानमा जम्मा तीन लाख ९४ हजार ४ सय ८९ रुपैँया खर्च भएको जानकारी दिए । उनले भने ‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ ÷–) भएको छ ।’
मेयर साहले मत गणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको बताएका छन् । ‘मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो ।’ मेयर साहले भने, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’