एमाले सांसद लामाले मागिन् अर्थमन्त्री शर्माको राजिनामा

काठमाडौँ – एमालेकी सांसद नबिना लामाले अर्थ मन्त्री जनार्दन शर्माको राजिनामा माग गरेकी छन ।
सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद लामाले जनता आर्थिक समस्याको चपेटामा परेको र सर्वहारा श्रमजीवी जनता प्रति सरकार निर्ममता पुर्वक कठोर अ्मानविय गैर जिम्मेवार बन्दै गएको भन्दै अर्थमन्त्रीको राजिनामाको माग गरेकी हुन । सरकारले इन्धन, ग्यास तथा अन्य उपभोग्य बस्तुमा अस्वभाविक रुपले मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको उनको भनाई छ ।
देशमा नौ महिना एता गरि खाने ब्यबसायीले ऋण नपाएको, बैदेशिक अध्ययन गर्न जाने विद्यार्थीले बैंक कारोवार गर्न नपाएको समेत सांसद लामाले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्